Logo
Logo

दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु



काठमाडौं । दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको हो ।

दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम रहेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको हो । बीबीसी

प्रतिक्रिया दिनुहोस्