Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

स्थायी समिति बैठक सकेलगत्तै नेतृत्व चयनको प्रक्रिया सुरु हुने


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरू भएको छ ।

आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य शक्ति बस्नेतका अनुसार अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको हो । समूहगत छलफलमा उठेका विषयहरुलाई छलफल गरेर सोहीअनुसार राजनीतिक प्रतिवेदन र विधानलाई अन्तिम रुप दिइने उनको भनाइ छ ।

साथै, बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य नेताहरू चयनको विधिबारे समेत छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथिको छलफल बिहीबार सकिएको थियो । विधान र राजनीतिक प्रतिवेदन टुङ्ग्याएर नयाँ नेतृत्व चयन प्रक्रिया आजै अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्