Logo
Logo

‘अब प्रेम आले स्टाइलमा काम हुनुपर्छ’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीसँग आक्रोश पोखेका छन् । मन्त्री आलेले बोर्डमा रेग्मी सिईओ रहेसम्म केही प्रगति नहुन भन्दै आलोचना गरेका हुन् ।

पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने भने, ‘धेरै रिसाउनुभो, जाउ रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’

मन्त्री आलेले आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै भने, ‘म लन्डन जाँदै जान्न भन्दाभन्दै जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले । लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने । म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो ।’

उनले आफूलाई खरिद गर्छु भनेर नसोच्नसमेत चेतावनी दिँदै भने, ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ ?’ मन्त्री आलेले आफू इमान बेचेर चेयरमा नबस्ने बताए ।

विगतमा जस्तो ‘काले–काले मिलेर खाउँ भाले’ भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए । मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्