Logo
Logo

लिङ्देनद्वारा मिश्रलाई पार्टी एकताको प्रस्ताव



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।

शुक्रबार अध्यक्ष लिङ्देन र महामन्त्री डा धवलशमशेर राणासहित मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए । सो भेटमा लिङ्देनले आपसी सहकार्यका साथै पार्टी एकताबारे प्रस्ताव राखेको बताइएको छ ।

तस्बिर रविन्द्र मिश्रको फेसबुकबाट

भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप मिश्रसँग भेटवार्ता भएको बताएका छन् । उनले निकट भविष्यमा सकारात्मक दिशातिरमा पुग्ने बताए ।

भेटघाटको तस्बिर मिश्रले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु ।’

प्रतिक्रिया दिनुहोस्