Logo
Logo

इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी



मलंगवा । सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ ।

प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।
मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । जिप्रकाले बिहीबार बेलुकीदेखि लागू हुने गरी आज आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ उनले बताए । इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको उनले बताए ।

प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्