Logo
Logo

माओवादी केन्द्रको बन्दसत्र जारी


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ ।

काठमाडौंका कमलादीस्थित प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

यसअघि बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको थियो । बन्दसत्रमा निर्वाचन आयोगको तर्फबाट प्रस्तुती दिएको छ । जारी बन्दसत्र सकिएपछि आजै नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्