Logo
Logo

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नौं जना नेताको सिफारिस


882
Shares

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रिय सभाको निर्वाचनका लागि नौं जना उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

शुक्रबार कर्णाली प्रदेश कमिटीको बसेको बैठकले माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नौं जना नेताको टुंगो लगाउँदै सिफारिस गरेको हो । कर्णाली प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका तीन जना सदस्यको पद रिक्त हुँदैछ ।

त्यसका लागि एमालेले विभिन्न क्लस्टरमा उम्मेदवारको नाम पठाएको छ । महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामाको नाम सिफारिस भएको छ ।

यसैगरी, अपाङ्ता भएका व्यक्तिबाट मुगुका रूपबहादुर बुढा, कालिकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम सिफारिश गरिएको छ । अन्य समूहबाट सुर्खेतका चूडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालिकोटका हिरे सुनारको नाम सिफारिस भएको छ ।

निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन तय गरेको छ । त्यसका लागि पुस १० पुसमा दल दर्ता भईसकेको छ । अन्य दलहरु भने उम्मेदवार टुंगो लगाउँनका लागि आन्तरिक गृहकार्यमा रहेका छन् ।

कांग्रेस, एकीकृत समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाउँने बारेमा आन्तरिक छलफलमै रहेका छन् । उता माआवादी केन्द्र महाधिवेशन गर्दै छ । महाधिवेशन सकिए लगतै उम्मेदवार टुंगो लगाउँने माओवादी केन्द्रका नेता श्रीराम ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्