Logo
Logo

गंकी-धुस्वाँ पुरस्कार निहारिका र गोविन्दलाल डंगोललाई



काठमाडौं । यस वर्षको गंकी-धुस्वाँ बसुन्धरा पुरस्कारबाट नेपालभाषाका साहित्यकार निलम कार्की ‘निहारिका’ र धुस्वाँ सायमी सिर्जना पुरस्कारबाट अग्रज कलाकार गोविन्दलाल सिंह डंगोललाई सम्मान गरिने भएको छ ।

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले आज (शुक्रबार) एक प्रेस विज्ञप्ति जारी गरि साहित्यकार निहारिका र कलाबार डंगोललाई सम्मान गरिने जानकारी दिएको हो । निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

उक्त दुवै पुरस्कार यही आउँदो माघ १ गते एक समारोहकावीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । दुवै पुरस्कारको राशि ५० हजार र ताम्रपत्र रहेको छ ।

गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुई वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई धुस्वाँ सायमी सिर्जना पुरस्कार प्रदान गर्दै आएको छ ।

गंकी धुस्वाँ(बसुन्धरा पुरस्कारको लागि साहित्यकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवि प्रतिसरा सायमी सदस्य रहेको समिति तथा धुस्वाँ सायमि सिर्जना पुरस्कारको लागि कलाकार हरिप्रसाद वैद्यको संयोजकत्वमा कवि सुरेश किरण मानन्धर र कवि प्रतिसरा सायमिसहितको छनोट समिति गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्