Logo
Logo

मुलुकमा राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री देउवा


252
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौंको सुन्दरीजलस्थीत वीपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेको भन्दै उनले सात प्रदेशबीच एकता आवश्यक भएको बताएका हुन् ।

उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ । उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकतावद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले वीपी सङ्ग्रहालयमा रहेको वीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्