रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार सिके राउत नेतृत्वको जनमत पार्टीका सात कार्यकर्ता पक्राउ परेका छन् ।

जनमत कार्यकर्ताले ‘किसानको समस्या समाधान गर, सिके राउत जिन्दाबाद, जनमत पार्टी जिन्दाबाद’ लगायतका नारा लगाउँदै विरोध प्रर्दशन गरेका थिए । नारा लगाउँदै सडक अबरुद्ध गर्न खोज्ने सात जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व–पश्चिम राजमार्गमा नै धर्ना बसेर राजमार्ग अवरुद्ध गर्न खोजेपछि उनिहरुलाई पक्राउ परेको प्रहरीले जनाएको छ । जनमत पर्टीले किसानको विभिन्न समस्याहरुलाई समाधान गर्न माग गर्दै आएको छ ।














