Logo
Logo

लाइसेन्स बनाउन ३० हजार घुस, रेस्टुरेन्टमा समातिए कर्मचारी


- दृष्टि न्युज/संवाददाता


पोखरा, १४ जेठ ।
हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले घुससहित पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी उनीहरुले घुस लिएका हुन् ।


आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले ड्यामसाइड स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट उनीहरुलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्