Logo
Logo

ए डिभिजन लिग : एनआरद्धारा फ्रेन्ड्स पराजित



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीद्धारा फ्रेन्ड्स क्लब पराजित भएको छ । आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई तीन–दुई गोल अन्तरले पराजित गरेको हो ।

दशरथ रङ्गशामा भएको खेलमा एनआरटीले पहिलो हाफको २० मिनेटभित्रै दुई गोल गर्‍यो । उसका लागि विदेशी खेलाडी स्टेफाने विनोङ्गले खेलको पाँचौँ मिनेटमा र अर्का विदेशी खेलाडी मिसुके ओलुमोले २० औँ मिनेटमा गोल गरे । पहिलो हाफमा एनआरटी दुई–शून्यले अघि रह्यो ।

एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे । फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए । जितसँगै एनआरटी सात खेलमा १० अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लको छ । समान खेलमा तीन अङ्क जोडेको फ्रेन्ड्स पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्