Logo
Logo

आजदेखि राष्ट्रिय सभाको चुनावी प्रक्रिया


2k
Shares

काठमाडौं । आजदेखि राष्ट्रिय सभाको चुनावी प्रक्रिया सुरु हुँदैछ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको हो ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम रहेको आयोगले जनाएको छ ।

पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा पालिका तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन् ।

त्यस्तै मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।

आयोगले प्रतिनिधि सभा चुनावमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रिय सभा चुनावको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आउने फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्