Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

माओवादीमा १५ प्रतिशत दलित र ३५ महिलासहितको केन्द्रीय समिति हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको ‘क्लस्टर’ अनुसार प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ । शनिबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा क्लस्टरअनुसार समावेश हुनेको संख्या तय गरेको हो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहका अनुसार ९ क्लस्टरसहित २९९ जनाको केन्द्रीय समिति रहने छ ।

शनिबारको बैठकले केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ महिला, ५ मुस्लिम जनजाति, अल्पसंख्यक लगतयाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । त्यस्तै, बैठकले स्थायी समिति र पोलिटव्युरोमा भने आवश्यकताका आधारमा गर्ने निर्णय गरेको साहले जानकारी दिए । यसअघि नेता देव गुरुङको संयोजकत्वमा क्लस्टर अनुसारको प्रतिनिधित्वका विषयमा सुझाव दिन कार्यदल गठन गरिएको थियो ।

माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा आज नेतृत्व चयन हुने जनाइएको छ । माओवादीमा १५ जना पदाधिकारीसहित २ सय ९९ जनाको केन्द्रीय समिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्