कैलाली । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ ।
खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिएका छन् । यस्तै, खुल्लाबाट तीन जना, महिलाबाट तीन र दलितबाट तीन जनाको नाम सिफारिस भएको हो ।

खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ भने दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।
सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पूरा भएको छ । डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारादेवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरको कार्यकाल पूरा भएको छ ।














