Logo
Logo

पदाधिकारी चयन नगरी मोरङ अखिलको सकियो अधिवेशन



विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहरू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियुले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३औँ जिल्ला अधिवेशन पदाधिकारी विनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिबार बिहान अधिवेशन सम्पन्न भएको हो ।

शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिबार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुंग्याउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्नेगरी अधिवेशन सम्पन्न भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियूका उपमहासचिव भास्कर खनालले बताए ।

एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारीसहित सबै सदस्य सर्वसम्मतिबाटै गर्नेगरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्