Logo
Logo

मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे



दाङ । घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।

फाइल फोटो

घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् ।

वलीले भने, ‘जेलर परियारविरुद्ध मुद्धा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको छ । आवश्यक परेको बेला उपस्थित हुने गरी जिल्ला वकिल कार्यालयको निर्णय बमोजिम जिम्मा जिमानीमा छोडिएको हो ।’

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई पुस ८ गते छालाको उपचारका लागि भन्दै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए । त्यहीक्रममा उनीहरु अस्पताल नगई दुई महिलासहित होटलमा छिरेका थिए । प्रहरी जवान होटलको कोठाभित्र रहेका बेला बाहिरबाट ढोका बन्द गरेर परियार फरार भएको प्रहरीको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्