Logo
Logo

एमालेका पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश



बुटवल । नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शनिबार रायमाझीले तानसेनमा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले आफू एकीकृत समाजवादी रोजेको बताए ।

रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् । पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर, एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।

रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्