Logo
Logo

महिला अधिकारका सवालमा सरकार गम्भीर छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको संविधानमा राज्यका हरेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता गरिएको बताएका छन् ।

शनिबार बालुवाटारमा कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताएका हुन् ।

उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताए ।

नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उनले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

पुस्तकका लेखिका नेतृ संग्रौलाले विभिन्न परिवेष्टलाई चित्रण गरी विभिन्न समयका पत्रपत्रिका एवम् अनलाइनमा प्रकाशित लेख रचनालाई सङ्कलन गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए । पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकामा लेखिएका १४८ लेख समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्