Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

सकेसम्म सहमतिमै नेतृत्व चयन हुन्छ : प्रचण्ड

साँझ ५ बजेसम्म सहमति नभए निर्वाचन


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सहमतिमै केन्द्रीय सदस्य चयन गरिने बताएका छन् । शुक्रबार बन्दसत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए ।

‘सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ’ उनले भने, ‘सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ उनले जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुने पनि बताए ।

भुगोलबाट सात र एक गैरभौगोलिकबाट गरि ८ प्रदेश भित्र तोकिए कोटाअनुसार ५ बजे प्यानल पेस गरिनेछ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।

प्रज्ञा भवनमा जारी आठौँ महाधिवेशनमा केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्