Logo
Logo

मन्दिर निर्माणमा अनियमितता, दुई इन्जिनियरविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ जेठ।
तनहुँको साविक जिल्ला विकास समितिको कार्यालय तथा हालको जिल्ला समन्वय समितिको कार्यालय तनहुँका प्राविधिक सबइन्जिनियर खगेन्द्र खवास र व्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेविरुद्ध मुद्दा दायर भएको छ ।

कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लागत अनुमान बमोजिमको काम भए नभएको जाँचबुझ गरी नापजाँच गरी कार्य सम्पम्न प्रतिवेदन दिनुपर्ने कर्तब्य हुँदाहुँदै निर्माण कार्यको जाँचबुझ र नापजाँच फिल्डमा भएअनुसारको कार्य नगरी बदनियतपूर्वक नभएरनगरेका काम देखाई कार्य सम्पन्न प्रतिबेदन दिएको पुष्टि हुन आई निजहरू सबइन्जिनियर खगेन्द्र खवास र प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुर अपराध गरेको देखिएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत आयोगले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्