Logo
Logo

गर्न नसक्ने योजना बाँड्दै हिँड्दिनँ : मन्त्री झाँक्री



गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिक्षालगायतका विकासमा धुर्काेटसँग हातेमालो गर्ने बताएकी छन् ।

धुर्काेट माध्यमिक विद्यालय धुर्काेट गुल्मीको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले धुर्काेटको शिक्षाक्षेत्र लगायत अन्य विकासका काममा आफुले हातेमालो गर्ने बताएकी हुन् । नेपालको शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको मन्त्री झाँक्रीको भनाइ छ ।

विद्यालयको सरंचना कस्तो बनाउने भन्ने कुरा ठुलो भएको बताउँदै उनले सिकाई, पढनपाठन कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् ।
सरकारी विद्यालयमा देशभर नै शिक्षकको दरबन्दी अभाव रहेको भन्दै यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरकार गम्भीरतापूर्वक लागेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले म गर्न नसक्ने योजना बाँड्दिन । हिजो कसैले बोलेर जनतालाई झुक्याएर काम नगरेको उदाहरण छ । त्यसैले काम गरेपछि मात्रै बोल्ने गर्छु ।’

सो अवसरमा मन्त्री रामकुमारी झाँक्रीले धुर्काेट माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको समेत उद्घाटन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्