
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
बन्दसत्र स्थगित भएसँगै शनिबार रातिका लागि तोकिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता इन्द्र आङ्बोले जानकारी दिए ।
आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सर्वसम्मत रुपमा केन्द्रीय समिति घोषणा गर्न आवश्यक गृहकार्यका लागि बन्दसत्र स्थगित गरिएको नेता आङ्बोले बताए ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।














