Logo
Logo

‘७६ जिल्ला, ५ सय पालिका र ७ सय वडामा एकीकृत समाजावदीको संगठन’


15.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।

आज लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले असल भावनासहित समृद्धिको यात्रामा अघि विश्वास दिलाए । उनले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गरे ।

उनले भने– ‘आधुनिक सीप, क्षमता प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम गर्नेछु ।’ त्यस्तै उनले जनता र देशको सेवा लाग्ने आफ्नो पार्टी भएकाले जनता र देशको सेवामा नलाग्नेलाई आफ्नो पार्टीमा ठाउँ नरहेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको सिद्धान्त नै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने रहेको समेत बताए । एकीकृत समाजवादीले यतिबेला सङ्गठन विस्तारमा जोड दिँदै अघि बढ्ने क्रममा हालसम्म ७६ जिल्लामा र ५०० पालिकामा र छ हजार ७०० वडामा सङ्गठन निर्माण गरिसकेको अध्यक्ष नेपालले जानकारी दिए ।

सङ्गठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उनले आग्रह गरे । सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको नेता नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्