
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।














