Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम


2.2k
Shares

काठमाडौैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्