रूपन्देही । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा ४० जना सवार थिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।














