काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पर्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो दुई बजेको लागि बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।
मनोनयनसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ। विधानमा काँग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ । बाँकी संख्या मनोनयन हुन बाँकी छ ।














