Logo
Logo

देउवाद्वारा थप तीन जना केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । यसअघि शनिबारे देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) को अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गुरुङ १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कृष्ण सिटौलानिकट मानिने पौडेल देउवा प्यानलबाट महामन्त्री उठेकोमा पराजित भएका थिए । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही पनि देउवा प्यानलबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्