Logo
Logo

पाल्पा बस दुर्घटना : मृतकको संख्या आठ पुग्यो



पाल्पा । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको मलामी चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

आइतबार बिहान १० बजेतिर बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी सवार लु.२ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवल रानीगञ्ज निवासी ७० वर्षीय वीरबहादुर विश्वकर्माको शनिबार मृत्यु भएको थियो । उनी अर्घाखाँचीको मालारानी गाउँपालिका कुभिण्डेबाट बुटवल आएर बसेका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्