Logo
Logo

फेरि संशोधन भयो माओवादीको निर्वाचन कार्यतालिका


2.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि हुने भनिएको निर्वाचनको कार्यतालिका पुनः संशोधन भएको छ। पछिल्लो तालिका अनुसार सोमबार बिहान ८ बजेदेखि निर्वाचन हुने भनिएको छ ।

पछिल्लोपटक संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन आजै बेलुका ४ बजेदेखि ६ बजेसम्म हुनेछ । बेलुका ८:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यसअघिको निर्वाचन कार्यतालिका अनुसार आइतबार बेलुका ६:२५ देखि १०:२५ सम्म निर्वाचन हुने भनिएको थियो । सुरुआतको कार्यतालिका अनुसार भने शनिबार राति ११:३० देखि आइतबार बिहान ४ बजेसम्म मतदान हुने भनिएको थियो ।

यद्यपि, माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय समितिमा प्रस्तावित गर्ने नामहरुमा सहमति जुटाएको छ । प्रदेशअनुसार कोटा तोकेर २५६ जनाको नाम तय गरिएको र थप ४३ जनाको नाम थपेर बन्दसत्रमा प्रस्तावित गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्