Logo
Logo

केन्द्रीय सदस्यको लिस्ट बोकेर हल प्रवेश गरे प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको लिस्ट बोकेर हल प्रवेश गरेलगत्तै बन्दसत्र सुरु भएको हो । आइतवारै दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी भए पनि सहमति जुटाउन ढिला भएको थियो ।

बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।

प्रचण्डले अबको केहीबेरमा बन्द सत्र हलमा सहमतिको केन्द्रीय समिति घोषणा गर्ने सम्भावना छ । माओवादीले ८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्ने गरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्