
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेका छन् ।
प्रज्ञाभवन कमलादीमा सम्पन्न आठौं महाधिवेशनको बन्दसत्रमा प्रचण्डले निर्वाचित केन्द्रीय सदस्यको नामावली घोषणा गरेका हुन् । उक्त घोषणामा प्रचण्डको नाम भने २३औं नम्बरमा रहेको छ ।
प्रचण्डले २३६ जनाको नाम घोषणा गर्दा खुला केन्द्रीय सदस्यहरुको सूचीमा प्रचण्ड २३औं नम्बरमा छन् ।














