Logo
Logo

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी गोल गरेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ ।

गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग एभर्टन ३ –२ गोल अन्तरले पराजित भयो । यस्तै, ब्रेनफोर्डले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्