Logo
Logo

टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको प्रशिक्षण सुरु



काठमाडौं । आगामी १५ फेबु्रअरीदेखि ओमानमा हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रशिक्षण सुरु गरेको हो ।

बन्द प्रशिक्षणको पहिलो दिन आज १४ जना खेलाडी उपस्थित भएका छन् । २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन् भने ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने बताइएको छ ।

सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी छैनन् । प्रशिक्षक दासानायकेका अनुसार अन्य ९ खेलाडीले भने आज साँझसम्ममा उपस्थित हुने भएका छन् ।

क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन् । कप्तान सन्दिप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्