Logo
Logo

राष्ट्रियसभा चुनावमा गठबन्धनबीच भागबण्डा टुंगियो



काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच राष्ट्रियसभा चुनावको १९ सिटमा भागबण्डा टुंगिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमा भागबण्डा मिलेको हो ।

यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउनेछन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिँदैछ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्