Logo
Logo

जेलबाटै रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर दल गठन गरे



काठमाडौं । निलम्बित सांसद रेशमलाल चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । पार्टीमा रञ्जिता श्रेष्ठ रहेकी छन् । अध्यक्ष श्रेष्ठ दल दर्ताका लागि समर्थकसहित निर्वाचन आयोगमा पुगेकी छन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपित चौधरी हाल डिल्लीबजार जेलमा रहेका छन् । जेलमा रहेका चौधरीले श्रीमति श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता गराउन लागेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहितको रयाली निकाल्दै उनीहरु निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि पुगेका छन् ।

उनीहरु चौधरीका तस्बिर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन आयोगको कार्यालयमा पुगेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा चौधरी तटस्थ बसेका थिए ।

यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । हाल उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै चौधरीले छुट्टै पार्टी गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्