Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

एमाले टुंगो लगायो १९ उम्मेदवार (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा १९ उम्मेदवारको टुंगो लगाएको छ ।

एमाले सचिवालयको आज बसेको बैठकले १९ उम्मेदवारको नामावली टुंगो लगाएको प्रचार विभागका उपप्रमुख विष्णु रिमाजले बताए ।

उपप्रमुख रिजालका अनुसार प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) हुनेछन् । यस्तै बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेदवार भएका छन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) उम्मेदवार भएका छन् । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते मतदान हनेछ भने भोली (मंगलबार) उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्