Logo
Logo

एकीकृत समाजवादीले छान्यो राष्ट्रियसभा सदस्यको पाँच उम्मेदवार



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि पाँच उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमार साह (गरिमा)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आगामी माघ १२ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्