Logo
Logo

माओवादीको अध्यक्षमा पुनः प्रचण्ड निर्वाचित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । ललितपुरमा जारी केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको हो ।

प्रस्तावको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा रहेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेसँगै प्रचण्डले अध्यक्षको शपथ लिएका छन् ।

माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य मात्र चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्