Logo
Logo

माओवादी महासचिवका दावेदार नेता पुन भोलि स्वदेश फर्किने


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता पुन भोलि स्वदेश फर्कन जानकारी दिए ।

उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए । उनले भने, ‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो ।

पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् । पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सारेका छन् ।

नेता पुन जण्डिसको उपचारका लागि अनन्त १३ असोजमा बैंकक पुगेका थिए । त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई मंसिर १० गते चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्