Logo
Logo

मुख्यमन्त्रीद्वारा बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण



इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा आन्दोलनमा रहेको आन्दोलकारीहरुलाई मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले पैसा बाँडिरहेको भिडियो सार्वजनिक भएको छ ।

बलुचिस्तानको ग्वादर प्रान्तका स्थानीयहरु चीन पाकिस्तान आर्थिक करिडोरले आफ्नो जनजीविकामा नै असर गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका छन् ।

उक्त आन्दोलनको नेतृत्व गरिरहेका मौलाना हिदयद उर रेहमान पनि उक्त भिडियोमा देखिएका छन् । उनले उक्त आन्दोलनलाई स्थगित गर्नका लागि उक्त रकम वितरण गरिएको बताइएको छ । उक्त रकम पाइसकेपछि उक्त आन्दोलनलाई स्थगित गर्ने घोषणा गरेका थिए ।

तर, आन्दोलन स्थगित गर्ने घोषणा भएको केही समयपछि नै रकम वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो । आन्दोलनकारीहरुले मौलानाले आफ्नो जीवनमाथि खेलबाड गर्न लागेको र सत्तासँग मिलेर धोका दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

ग्वादरमा पिस्कन, जामरन, तुरबाद, पास्नी, बुलेडा र ओरमारालगायतका क्षेत्रबाट आन्दोलनकारीहरु जम्मा भएर आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने र सत्ताले यसरी आन्दोलनकारीहरुलाई भड्काउने प्रयास गरेमा थप कडा आन्दोलनहरु गर्नेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्