काठमाडौं । नेकपा माओवादी केन्द्रले यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ ।
माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिने उल्लेख गरिएको छ ।
‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्’ माओवादीले पारित गरेको समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रले एमसीसी विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न माग गरेको छ ।














