Logo
Logo

राष्ट्रियसभा निर्वाचन : कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी



सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीनजना सदस्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत गठबन्धन दलका तर्फबाट तीनजना र नेकपा एमालेका तर्फबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), एकीकृत समाजवादीका उदयबहादुर बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै एमालेबाट चूडामणि शर्मा (सुर्खेत), पदबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले उम्मेदवारी दर्ता गराएका छन् । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष एक सय ५६ गरी एक सय ९१ जनाले मतदान गर्नेछन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुदैछ । १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्