Logo
Logo

नाराणहिटीभित्रको रेष्टुरेष्टबारे छानविन समिति गठन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय परिसरको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्नेछ ।

छानविन समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई रहेका छन् । सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जनाएका छन् ।

लुइँटेलका अनुसार सो समितिले नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैध र कति अवैध छ, त्यहाँ रेस्टुरेन्ट आवश्यक छ कि छैन ? सम्झौताविपरीत कुनै काम भएको छ कि छैन भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्