Logo
Logo

सीआइबीले ललिता निवास प्रकरणको अध्ययन प्रतिवेदन बुझायो


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

सरकारी जग्गालाई किर्ते गरी बेचबिखन गरेको आभियोगसहित ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान गरी प्रतिवेदन तयार पारेर सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्