Logo
Logo

सरकारी स्कुलका छात्रालाई निशुल्क स्यानेटरी प्याड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
सरकारले सरकारी स्कुलका छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड वितरण गर्ने भएको छ । आगामी साउनदेखि यस्तो कार्यक्रम लागु गर्न लागिएको हो ।


बजेटमार्फत सरकारले छात्राहरुका लागि यस्तो कार्यक्रम ल्याएको हो । शिक्षामा छात्राहरुलाई आकर्षित गर्न यस्तो कार्यक्रम ल्याइएको हो । आगामी आर्थिक वर्ष ७० जिल्लालाई पूर्ण साक्षर बनाउने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्