Logo
Logo

राष्ट्रियसभा निर्वाचन : आयोगले आज नामावली सार्वजनिक गर्दै


567
Shares

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गर्दैछ ।
यसअघि दाबी विरोध समय दिएको आयोगले उम्मेदवारको मनोनयन पत्र जाँच गरी शुक्रबार दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको हो ।

कुनैपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताएका छन् । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्