Logo
Logo

विराटनगरमा माक्स नलगाई हिँडे एक सय रुपैयाँ जरिवाना



विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिँडे एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिकस्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।

फाइल फोटो

कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको हो । कोरोना संक्रमण उच्च गतिमा फैलँदै गएको र ओमिक्रोनको जोखिम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ । मादण्ड पालना नगर्ने व्यवसायीलाई पाँच हजार नगद जरिवाना गराइने पनि जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्