Logo
Logo

राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने मन्त्री आलेको प्रतिवद्धता


630
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने प्रतिवद्धता गरेका छन् ।

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आलेले नारायणहिटी, पशुपति लगाएतका क्षेत्रको राज्यको सम्पत्ति दुरुपयोग हुन नदिने बताएका हुन् । उनले नारायणहिटी, पशुपति लगाएतका क्षेत्रमा भएको दुरुपयोगको प्रतिवेदन आएपछि थप छानविन हुने जिकिर गरे ।

कार्यक्रममा सहभागीहरुले आजको सन्दर्भमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्